सुर्खेतका तिन वडामा जलबायु परिवर्तन सिकाई केन्द्र स्थापना

सुर्खेत । सुर्खेतका तिनवटा वडामा जलबायु परिवर्तन सिकाई केन्द्र स्थापना गरिएको छ । युरोपिएन युनियनको सहयोगमा सञ्चालित प्रयास परियोजना अन्तर्रगत सुर्खेतका तिनवटा वडामा केन्द्र स्थापना गरिएको हो । वीरेन्द्रनगर नगरपालिका वडा नं ९, लेकवेशी नगरपालिका र भेरीगंगा नगरपालिकामा जलबायु परिवर्तन सिकाई केन्द्र स्थापना गरिएको प्रयास परियोजनाका कार्यक्रम संयोजक निरजबाबु भट्टले जानकारी दिए ।

उनका अनुसार वडा कार्यालयहरुमा सिकाई केन्द्र स्थापना गर्दा कार्यालयमा आउने सेवाग्राहीहरुले जलबायु परिवर्तनका विषयमा जानकारी प्राप्त गर्ने र जोखिम न्युनिरकणमा सघाउ पुग्ने उदेश्यले केन्द्र स्थापना गरिएको हो ।

प्रयास परियोजना अन्रर्तगत सुर्खेतका विभिन्न १० वटा संस्थाहरुसंग संस्थागत सुधार र युवा नेतृत्वका विषयमा करिब साढे दुईवर्षदेखी काम गर्दै आएको उनले बताए ।

सुर्खेतका विभिन्न विद्यालय, टोलविकास संस्था, स्थानिय तहका जनप्रतिनिधि लगाएतसंग अन्तर्रक्रिया तथा अभिमुखिकरण कार्यक्रम समेत गरिसकिएको उनले सुनाए ।

प्रयास भिएसओ नेपाल, आयोन नेपाल, सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) र फ्रेण्ड सर्भिस काउन्सिलसंगको सहकार्यमा युरोपिएन युनियनको आर्थिक सहयोगमा सञ्चालित परियोजना हो ।

जलबायु परिवर्तन सिकाई केन्द्र र समग्र प्रयास परियोजनाबारे जानकारी दिन सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा  सिकाई केन्द्र वडा कार्यालयको जिम्मामा रहने र संरक्षणको जिम्मेवारी समेत सम्बन्धित वडा कार्यालयकै भएको संयोजक भट्टले बताए ।