भ्रष्टाचार विरुद्ध कार्टुन प्रद्धर्शन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतमा भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनी गरिएको छ । कार्टुननिस्ट क्लब अफ नेपालको आयोजनामा सेन्टर फर मिडिया रिसर्च नेपालको सहकार्यमा ग्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी मध्यपश्चिम विश्वविद्याल सुर्खेतमा निसाना उद्घाटन समारोहका साथै कार्टुन प्रदर्शन गरिएको हो । पछिल्लो समयमा देशमा भैरहेको भ्रष्टाचार कम गर्नको लागि आज र भोलि कार्टुन प्रर्दशन गरिने भएको हो ।

कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भ्रष्टाचार सम्बन्धि कार्टुन प्रदर्शन गरेकोमा आयोजक टिमलाई धन्यवाद दिएका छन् । उनले देश गरिबी बेरोजगारी र सामाजिक साँस्कृतिक रुपले पछाडी परेको भन्दै गरिबी हटाउन नीतिगत परिवर्तन हुनुपर्ने बताए । अधिकार प्राप्त व्यक्तिहरुबाट नै भ्रष्टाचार भइरहेको उनले बताए । उनले भष्ट्राचार न्यूनिकरणका लागि सामाजिक अभियान्ता, मिडिया, अगुवाहरुले निरन्तर खबदारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

विश्व विद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहले भ्रष्टाचार विरुद्धको अभियान थालनी गरेकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो र विद्यालयको तर्फबाट सधै साथ रहने बताए ।

यस्तै सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेलले देशको आर्थिक समृद्धि चाहने हो भने भ्रष्टाचारको अन्त्य गर्नुपर्ने बताए । भ्रष्टाचार अन्त्यको लागि सबैले आआफ्नै क्षेत्रबाट लाग्नु पर्ने बताए ।

प्रदेश प्रमुख तिलक परियार लगायतका विश्व विद्यालयका डिन, प्रिन्सिपल, साहित्यकार विभिन्न संस्थाबाट र विद्यार्थीहरुले कार्टुनको अवलोकन गरेका थिए । उक्त कार्यक्रममा पुर्वमन्त्री नरेश भण्डारी, ग्राजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी मध्यपश्चिम विश्वविद्यालय डिन सुदिप ठकुरी, मध्यपश्चिम विश्वविद्यालय प्ििरन्सपल जेवी रोकाय, साहित्यकार तथा परामर्शदाता देविका तिमील्सेना लगायत प्रदेश प्रमुख कार्यालयबाट विभिन्न पदाधिकारी साथै विभिन्न संघ सस्थाबाट सहभागिता थियो ।