शाहीको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं । कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुदका लागि क्रिकेट टिमको घोषणा गरेको छ । कर्णाली प्रदेशले रविन्द्र जंग शाहीको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेको हो।

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा आयोजना हुदैछ । पुरुष क्रिकेट भने भदौ २३ गतेबाट संचालन हुँदैछ ।

क्रिकेटको अन्तराष्ट्रिय खेल तालिकासँग नबाझिने गरि आयोजना गरि दिन नेपाल क्रिकेट संघ (क्यान)बाट भएको आग्रह र प्रस्ताव गरेको कारण पुरुष क्रिकेट पहिले नै हुने भएको हो । समूह ‘ए’ मा रहेको कर्णालीको पहिलो खेल भदौ २३ मा मुलपानी मैदानमा लुम्बिनी प्रदेशविरुद्ध रहेको छ ।

कर्णाली प्रदेशको टोली –

रबिन्द्र जंग शाही(कप्तान),निश्चल रावल,अर्जुन घर्ती,अनुज चुनारा,दिवान पुन,प्रकाश जैशी,सुवोध ऐर,मिनाश थापा,विपिन शाही,हिमान्शु शाही,दिनेश अधिकारी,सुमित बुढाथोकी,बिपिन रावल र मोहन बि.क