मैत्रीपुर्ण भलिबल तथा फुट्सल प्रतियोगिता शुरु

सुर्खेत । वीरेन्द्रनगरमा मैत्रीपूर्ण भलिवल तथा फुट्सल प्रतियोगिता शुरु भएको छ । गैर सरकारी संस्था महासंघ नेपाल, कर्णाली प्रदेशद्धारा नयाँ वर्ष २०७९ को अवसरमा आयोजित उक्त प्रतियोगिता शनिबारदेखि शुरु भएको हो ।

महासंघका केन्द्रिय सदस्य तथा प्रदेश इन्चार्ज घनश्याम केसीका अनुसार प्रतियोगितामा भलिबल र फुट्सल तर्फका १० वटा टिमले सहभागीता जनाएका छन् । खेलमा कर्णालीमा कार्यरत स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्था र विकास साझेदारहरु सहभागी भएका छन् ।

‘स्वास्थ्य नै धन हो’ भन्ने मुल नाराको साथ खेल क्षेत्रको प्रवद्र्धनका लागी मैत्रीपुर्ण भलिबल तथा फुट्सल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष केसीले बताए । ‘प्रतियोगिता सानै भएपनि यसले ठुलो सन्देश दिएको छ, गैरससको प्रथामिक्तामा खेल क्षेत्रपनि पर्नेछ’ इन्चार्ज केसीले भने ।

प्रतियोगिताको उद्घाटन गर्दै विश्व खाद्यय कार्यक्रमका कर्णाली प्रदेश फिल्ड कार्यालय प्रमुख पुर्ण नेपालीले कोरोनाले निस्क्रिय बनेका गैर सरकारी संस्थाहरु अव विस्तारै सक्रिय बन्न थालेको बताए । ‘शारीरिक र मानसिक रुपमा खेल निकै महत्वपुर्ण छ, खेल क्षेत्रको विकास र प्रवर्दनका लागी गैरससले पनि आ–आफनो ठाउँबाट कामगर्न आवश्यक रहेको छ’ उनले भने ।

प्रतियोगिताको पहिलो दिन शनिबार भएको फुट्सल तर्फको खेलमा कोपीला भ्याली सेवा समाज, मर्सी क्रप र यूएन एजेन्सी फाइनलमा राउन्डमा पुगेका छन् । भालिबल तर्फको खेल आइतबार हुने आयोजकले जनाएको छ ।
आगामी बैशाख १० गते फाइनल खेल हुने आयोजकले जनाएको छ ।