सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाकाले योजना तर्जुमामा बालबालिकाहरुलाई सहभागिता गराउने बताएको छ । वीरेन्द्रनगर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख टंक लामिछानेले सोमबार एक कार्यक्रमकाबीच अब पालिकाले योजना तर्जुमा गर्दा बालबालिकाहरुलाई अनिवार्य सहभागी गराइने बताएका छन् ।

युनिसेफको सहयोगमा बास नेपालले आयोजना गरेको तीन दिने क्षमता अभिवृद्धि तालिममा वीरेन्द्रनगर नगरपालिकामा संचालित कार्यक्रममा बोल्दै शाखा प्रमुख लामिछानेले हामीले सबभन्दा पहिले आफूभित्र भएको क्षमता चिनेर अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बासले आयोजना गरेको यस तालिमाबाट वीरेन्द्रनगर नगरपालिकाका बालबालिका र किशोरीहरुलाई क्षमता अभिवृद्धिका धेरै कार्यक्रम संचालन गरी उनीहरुको क्षमतामा विकास भएको हुँदा बास संस्थालाई धन्यबाद दिदै नगरपालिकाले बालबालिकाको क्षेत्रमा अझै धेरै काम गर्ने बताए ।
बास नेपालका पूर्व अध्यक्ष मन भन्डारी ले तीन दिने तालिमको प्रशिक्षण गरेका थिए । कार्यक्रमका कार्यक्रममा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सरला रेग्मी,रुपान्तरण कक्षा प्रशिक्षक ज्योती रोकाय तथा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३,४,५ र ११ का अध्यक्षहरु,बास नेपाल सुर्खेत शाखाकि कार्यबाहक अध्यक्ष भगवती विसी, कर्णाली प्रदेश संयोजक धीरेन्द्र शाहीको सहभागिता थियो । उक्त कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं ३,४,५,११ वडाका बालबालिका र किशोरीहरुको सहभागिता थियो ।

फरकबाटो २० भाद्र २०७९, सोमबार २१:०१