मुख्यमन्त्री शाहीद्धारा छठ पर्वको शुभकामना

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले छठ पर्वको अवसरमा शुभकामना दिएका छन् ।

उनले यस पर्वले मौलिक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्दै सम्पूर्ण नेपालीमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गराउने विश्वास व्यक्त गर्दै शुभकामना दिएका हुन् ।

मुख्यमन्त्री शाहीले जारी गरेको शुभकामना सन्देशमा छठ पर्वले समाजमा रहेको वर्गीय, जातीय, लैङ्गिकलगायत विभेद, कुरीति एवं विसंगतिको अन्त्य गरी समतामुलक, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुने विश्वास व्यक्त गरेका छन् ।

नेपालको विशेष गरेर तराई तथा मधेशमा मनाइने छठ पर्व हाल आएर पहाडी तथा हिमाली जिल्लाहरुमा समेत मनाउने गरिएको छ ।

नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दुधको अर्घ दिएर छठ पर्व मनाइन्छ । छठ पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा समेत दिएको छ ।