जबरासँगको बयान आज पनि

काठमाण्डाै । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिँदैछ । समितिको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि गएको बुधवार र बिहीवार समितिले जबरासँग बयान लिएको थियो ।

बयानका लागि ४३ वटा प्रश्न तयार गरिएकोमा दुई दिनमा ६ वटा प्रश्नमा मात्र सवालजवाफ सकिएको छ । आज बाँकी प्रश्नहरु सोध्ने समितिले जनाएको छ ।

पदीय जिम्मेवारी विपरीत कार्य गरी संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेको, कार्यक्षमता नभएको, खराब आचरण भएको, पदीय कर्तव्य पालना नगरेको र आचारसंहिताको गम्भीर उल्लङ्घन गरेकोलगायतका आरोपसहित गएको फागुन १ गते जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएको थियो।