कोशी सरकारबाट माओवादी बाहिरियो


सुर्खेत । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन् ।

प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए । केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई अफ्ठ्यारो भएको बताउँदै आएका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादीले बनाएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाहेसम्म सरकारमा बसेको भन्दै तत्काल समर्थन फिर्ता नलिने बताएका छन् ।