कर्णाली प्रदेश सभाको दशौं अधिवेशन अन्त्य

 

सुर्खेत । कर्णाली प्रदेश सभाको दशौं अधिवेशन अन्त्य गरिएको छ । आज राती १२ बजेदेखी अधिवेशन अन्त्यका लागि पत्र प्रदेश प्रमुखको कार्यालयबाट पत्र आएको ससद सचिवालयका उपसचिव तेजप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेश सभा नियमावली २०७९ को नियम ३ को उपनियम (५) बमोजिम अधिवेशन अन्त्य गरिएको जानकारी सचिवालयले सुचना मार्फत दिएको हो ।

नेपालको संविधान २०७२ को धारा १८३ उपधारा (२) बमोजिम सभा अधिवेशनको अन्त्य प्रदेश प्रमुखले गर्ने व्यवस्था रहेको छ ।