लिटिल आइडल नेपालमा तीन विजेता छानिए

काठमाडौं । ट्रेबल फेसन कन्सर्न आयोजक रहेको सौन्दर्य प्रतियोगिता ‘लिटिल आइडल नेपाल २०२२’ सम्पन्न भएको छ । बिभिन्न सेक्सन गरेर प्रतियोगितामा साम्राज्ञी आरएल राना, साम्राज्ञी विष्ट र पाल्जोर गुरुङ विजेता छानिएका छन् । प्रतियोगितामा प्रिन्सेस घिसिङ र विसान्क कार्की फष्ट रनरअप र सुवाङ्गी बस्नेत र उत्सव रसाइली सेकेन्ड रनर अप भए ।

पिस ब्याङक्वेट जोरपाटीमा सम्पन्न कार्यक्रममा कलाकार रविन्द्र खड्का, पत्रकार कृष्ण भुषाल, गोकर्णेश्वर नगरपालिकाका प्रथम मेयर सन्तोष चालिसे, समाजसेवी सरोजकुमार श्रेष्ठ, समाजसेवी तथा व्यवसायी बिक्रम खड्का, समाजसेवी तथा व्यवसायी कृष्ण अधिकारी, मङोलियन हार्ट ब्याण्डका म्यानेजर बबी लामा लगायतलाई सम्मान गरिएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, ट्रेबल फेसन कन्सर्न प्रालिका सिइओ तथा कोरियोग्राफर शैलेन्द्र श्रेष्ठ, सेन्सर बोर्डका सदस्य तथा निर्माता राजेश महर्जन, अभिनेत्री तथा मोडेल शुष्मा अधिकारी, हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, नगरपालिका वडा न ५ का नारायण सुवेदी, समाजसेवी सरोजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको निर्णायकमा अभिनेत्री सुष्मा अधिकारी, मोडल मनिष शाक्य, ग्लोबल नेपालका अध्यक्ष डेबिल सिंह राजपुत, फोटोग्राफर सन्देश प्रजापति, सौन्दर्यकर्मी शान्ति लिम्बु, ड्रेस डिजाइनर विमला लामा रहेका थिए ।