काठमाडौं । २५ लाख पुरस्कार राशि रहेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ सुरु भएको छ । केही साता अगाडि सुरु भएको शोमा पाँच वर्षदेखि संगीत साधनामा लागेका गायक गायिका प्रतियोगीको रुपमा रहेका छन् ।
नयाँ प्रतिभालाई भन्दा पनि स्टार प्रतिभाको प्रतिस्पर्धा गराउने उदेश्यले शो सुरु भएको कार्यक्रम निर्देशक रवि श्रेष्ठले बताए ।
३२ एपिसोड निर्माण गर्ने उदेश्यले गत १२ असारबाट सुरु भएको हो । इमेज टेलिभिजनबाट हरेक साताको आइतबार र सोमबार बेलुका प्रसारण हुँदै आएको शोमा अहिले ‘ब्याटल अफ दि स्टार्स’ राउन्ड चलिरहेको छ ।
शोका निर्णायकमा गायक सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहेका छन् ।
पछिल्लो समय नेपाली टेलिभिजनका पर्दाहरूमा गायनसँग सम्बन्धित धेरै रियालिटी शो हरु प्रशारणमा आइरहेका छन् । तीमध्ये धेरै विदेशी फ्रेञ्चाइज रहेका छन् । यो शो नेपालको मौलिक रियालिटी शो भएको दाबी निर्माण युनिटको रहेको छ ।
फरकबाटो ३० असार २०७९, बिहीबार १२:५२