काठमाडौं । १२ वर्षमा बाघको संख्या दोब्बर पुर्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेकोमा हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले नेपाललाई बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘२०२२ को सर्वेक्षणले नेपालमा अहिले अनुमानित ३५५ बाघ रहेको खुलासा भएको छ । २०१० मा १२१ वटा बाघ रहेकोमा १२ वर्षपछि ३५५ पुग्नु अविश्वसनीय उपलब्धि हो । यो नेपालको सफलता बाघ संरक्षणमा कोशेढुंगा सावित हुने निश्चित छ ।’
सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा गरिएको सम्मेलनमा एक सय २१ बाट दुई सय ५० बाघको संख्या पुर्याउने लक्ष्य लिएको नेपालले तीन सय ५५ कायम गरेको हो । पछिल्लोपटक गत १९ मंसिरदेखि २८ फागुनसम्म नेपालमा बाघको गणना भएको थियो ।
फरकबाटो १४ श्रावण २०७९, शनिबार १२:३०