न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज

काठमाण्डाै । न्युजिल्यान्ड र वेस्टइन्डिजबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।

खेल राति पौने १२ बजे ब्रिजटाउनमा सुरु हुनेछ । तीन खेलको शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले १–० को अग्रता बनाएको छ ।

पहिलो खेलमा न्युजिल्यान्ड पाँच विकेटले पराजित भएको थियो । शृङ्खला जोगाइराख्न न्युजिल्यान्डलाई आजको खेल जित्नुपर्ने दबाब छ । यी दुई देशबीचको तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ ।

यसअघि भएको तीन खेलको टी–२० शृङ्खला न्युजिल्यान्डले २–१ ले जितेको थियो । तेस्रो टी–२० मा ८ विकेटले विजयी हुँदै घरेलु टोली वेस्ट इन्डिजले शृङ्खला क्लिन स्वीप हुनबाट जोगाएको थियो ।