आयरल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी

काठमाण्डाै । आयरल्यान्डसँगको चौथो टी–२० क्रिकेटमा अफगानिस्तान विजयी भएको छ । अफगानिस्तान विजयी भएसँगै यी दुई देशबीचको पाँच खेलको टी–२० शृङ्खला २/२ को बराबरी भएको छ ।

बेलफास्टमा गएराति भएको खेलमा अफगानिस्तान २७ रनले विजयी भयो । निरन्तर पानी परेका कारण खेल ११ ओभरमा छोट्याइएको थियो । अफगानिस्तानले दिएको दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली आयरल्यान्डले ११ ओभरमा अलआउट हुँदै १ सय ५ रन मात्र बनायो । उसका जर्जी ड्याकरोलले अविजित ४१ तथा पउल स्ट्रलिङले २० रन बनाए ।

अफगानिस्तानका फरिद अहमदले ३ तथा नवीन उल हक र रसिद खानले समान २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११ ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका नजिबुल्लाह जाड्रनले ५० रनको अर्धशतकीय पारी खेले ।

आयरल्यान्डका गारिथ डिलेनीले ३ तथा मार्क अडिर, बारी म्याककार्थी र फियो ह्यान्डले समान १/१ विकेट लिए । दुई देशबीचको पाँचौँ तथा निर्णायक खेल बुधवार हुनेछ ।