सुर्खेत । आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेटले बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको पाँचौ वार्षिक उत्सवको अवसरमा आई एम ई लाइफ इन्स्योरेन्स सुर्खेत शाखाले जन नमुना माध्यमिक विद्यालय र आर्दशराज मेमोरियल माध्यमिक विद्यालयमा आइतवार बीमा जागरण कार्यक्रम गरेको हो ।

कार्यक्रममा जीवन बीमाको परिचय, इतिहास, महत्व तथा उद्देश्य लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । आई एम ई लाइफ इन्स्योरेन्स सुर्खेत शाखाका क्षेत्रीय शाखा प्रमुख धीरेन्द्र बहादुर शाहीले विद्यार्थीहरुलाई जीवन बीमाले व्यक्तिको जीवनमा आइपर्ने वित्तीय जोखिमहरुबाट बच्नका लागि मद्दत गर्छ भन्ने कुराको जानकारी दिइएको बताए ।


आई एम ई लाइफ इन्स्योरेन्स सुर्खेत शाखाका अप्रेशन इन्चार्ज मिलन कंडेलले जीवन बीमा व्यक्तिको वित्तीय योजनाको एउटा महत्वपूर्ण आधार रहेको बताए । उनले बुढेलकालको सहारा, बच्चाको भविष्य साकार पार्न, अपाङ्ग जीवनमा पनि खुशी ल्याउन, परिवारको सुरक्षा लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको बताए । इन्चार्ज कंडेलले जीवन बीमा अभिकर्ताको माध्यमबाट आयआर्जन गर्न सकिन्छ भन्ने कुरा विद्यार्थीहरुलाई जानकारी गराइएको बताए । कार्यक्रममा एजेन्सी म्यानेजरहरु पूर्ण बहादुर सापकोटा, राजकुमारी पाण्डे, यमूना सापकोटा, उत्तम गिरी, खेमराज देवकोटा लगायतको उपस्थिती रहेको थियो ।यस्तै जागरण कार्यक्रममा दुई सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
यस्तै, कम्पनीको पाँचौ वार्षिक उत्सव आउँदो भदौ १ गते मनाउँदैछ । उत्सवको अवसरमा कम्पनीले देशैभर विभन्न कार्यक्रम गर्दै आइरहेको छ ।


फरकबाटो २९ श्रावण २०७९, आईतवार ०९:५३