सेयर बजार आज १९ दशमलव शून्य ६ अङ्कले घट्यो

काठमाण्डाै । लगातार चाैथाे दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार ३७ दशमलव ८३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, बीमा, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २३ वटा कम्पनीकाे ६२ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ७६ करोड १० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको सात करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज युनिलिभर नेपालको शेयर आठ प्रतिशतभन्दा धेरै र बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि हिमालयन हाइड्रोपावर र अपर हेवा खोला जलविद्युतको शेयर १० प्रतिशतले बढेको छ ।