२४ घण्टामा ५ सय ५३ जनामा काेराेना पुष्टि, ४ सय ३३ जना निकाे

काठमाण्डाै । पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी तीन हजार सात सय ८९ जनाको नमुना परीक्षण गर्दा पाँच सय ५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो कुल परीक्षणको १४ दशमलव ५९ प्रतिशत हो ।

यही अवधिमा चार सय ३३ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाै छ । अहिले नेपालमा पाँच हजार ६ सय ५९ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा १६ हजार नौ सय ६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।