काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो ।

यस्तै नेपालले अभ्यास खेलको रुपमा ५० ओभरको तीन खेल खेल्नेछ । सिरिजका लागि नेपाली टोली अगस्टको अन्तिम साता केन्याको भ्रमणमा निस्कने छ ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपालले ५ खेलको सिरिज खेल्ने पक्का भएको बताए । मिति भने तय भएको छैन ।
‘नेपालले ५ टी-ट्वान्टी अन्तराष्ट्रिय र तीन ५० ओभरको अभ्यास खेल्ने पक्का भएको छ । यसको मिति भने केही दिनमा नै सार्वजनिक गरिने छ,’ खेलपाटीसँग चन्दले भने, ‘टोली अगस्ट १७/१८ तारिख तिर जान्छ होला ।’
केन्याको क्रिकेट संघले नेपाललाई सिरिजको निमन्त्रणा दिएको थियो । जसअन्तर्गत नेपाली टोली केन्या जान लागेको हो । एक समय एसोसिएट क्रिकेटको सशक्त टोली केन्याको स्तर अहिले भने केही खस्किएको छ ।

फरकबाटो २० श्रावण २०७९, शुक्रबार १७:११