
सुर्खेत । होण्डा लक्की ड्र का बिजेता वीरेन्द्रनगरकी रिता थापाले १ लाख पाएकी छन् । दशैँ तिहारको स्कीम अन्तर्गतको उक्त लक्की ड्र मार्फतको कर्णाली प्रदेशबाट स्कुटर खरिद गर्ने वीरेन्द्रनगर ७ निवासी थापाले पुरस्कार जितेकी हुन् ।
होण्डाको आधिकारिक बिक्रेता न्यू बुलबुले अटो सेल्सले लक्की ड्र मार्फतको विजेता ग्राहकलाई बिहीबार एक कार्यक्रमका बीच रु १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
होन्डा मोटरसाईकल तथा स्कुटर खरिद गर्ने ग्राहकमध्येबाट लक्की ड्र मार्फत खोलिएको कुपनको पुरस्कार एक जना बिजेता पाएको न्यू बुलबुले अटो सेल्सका व्यवस्थापक भद्र भण्डारीले जानकारी दिए ।
कम्पनिले दशैँ तिहार अन्तर्गतको लक्की ड्र मार्फतको पुरस्कार आफ्ना ७ वटै प्रदेशमा १ / १ जना गरी ७ जनालाई ७ लाखको पुरस्कार प्रदान गरेको होण्डाका प्रतिनिधि शैलेष श्रेष्ठले जानकारी दिए । कम्पनीले ल्याएको यस्तो स्कीमले होन्डा प्रति ग्राहकको आकर्षण थप बढेर जाने र ग्राहकसँग राम्रो सम्बन्ध हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले ग्राहकलाई पुरस्कार दिने कार्य स्रहानिय कार्य रहेको भन्दै कम्पनिलाई धन्यवाद व्यक्त गरे । उनले व्यवसायमा यस्ता खालका कार्यक्रमले कर्णालीको आर्थिक समृद्धि र व्यवसाय चलायमान हुने बताए ।
कार्यक्रममा विजेता थापाले खुसी व्यक्त गर्दै नगद पुरस्कारले होन्डा प्रतिको विश्वास बढेर गएको बताइन् ।

फरकबाटो १६ पुष २०७८, शुक्रबार ०८:४४