
सुर्खेत । चुली युवा क्लब चिङ्गाड सुर्खेतको अध्यक्षमा मोतीराम नेपाली रम्तेल चयन भएका छन् । क्लबको चौथो साधारण सभाबाट रम्तेल अध्यक्षमा चयन भएका हुन् ।
क्लबको उपाअध्यक्षमा खगेन्द्र जिसी र कृष्ण जिसी कपिल, महासचिवमा प्रदिप जङ्ग राना, सचिवमा निर्मला आचार्य र प्रमोद जिसी, कोषाअध्यक्षमा सीता जिसी सहित १७ जना चयन भएका हुन् ।
क्लबको नौ वर्ष नेतृत्व गरेका महेश जिसीले क्लबको चौथो साधारण सभाबाट नेतृत्व हस्तान्तरण गरेका हुन् ।
साधारण सभा चिङ्गाड गाउपालिका वडा न. ३ का अध्यक्ष वीर बहादुर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
सुर्खेतको खेलकुद लगाएत सामाजिक क्षेत्रमा ठुलो टेवा पुर्याएको चुली युवा क्लबको थप प्रगतीको कामना सहित आगामी दिनमा सहयोग समेत गर्ने प्रतिवद्धता वडा अध्यक्ष वीरबहादुर जिसीले बताएका छन् ।
नवनिर्वाचित अध्यक्ष रम्तेलले क्लबलाई थप उचाईमा पुर्याउनका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

फरकबाटो १४ श्रावण २०७९, शनिबार २१:२०