सुर्खेत । जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१ त ०२९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका–५ मा मंगलबार राति पौने १२ बजे दुर्घटना भएको हो । ट्याक्टर भिरबाट दुई किलोमिटर तल खसेको छ ।
दुर्घटनामा परी नलगाड नगरपालिका– ७ का ३५ वर्षीय चंकलाल बिक, वडानम्बर–५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी हवलदार पार्वती शाहले जानकारी दिइन ।
त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार गम्भिर घाइते भएका छन् । उनलाई नेपालगञ्ज रिफर गरिएको छ ।
फरकबाटो १७ कार्तिक २०७८, बुधबार ०८:००