’अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रमा सञ्चालित पसल हटाउँदै काठमाडौं महानगर

’अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रमा सञ्चालित पसलहरु काठमाडौं महानगरपालिकाले हटाउने कार्य सुरू गरेको छ ।

सवारी साधनको पार्किङ गर्ने अनुमति लिई उक्त ठाउँमा व्यापार तथा व्यवसाय सञ्चालन भएका ठाउँ खाली गर्न महानगरले यसअघि नै सूचना प्रकाशित गरेर समय दिएको थियो ।

अटेर गरेर अझै पसल सञ्चालन गरेको पाइएपछि महानगरले हटाउने कार्य थालेको हो ।

आजदेखि काठमाडौं महानगरले बानेश्वरलगायत क्षेत्रमा अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा रहेका पसल हटाउन सुरू गरेको छ ।

काठमान्डौं महानगरका मेयर बालेन शाहसहित टोली आज ’अन्डरग्राउन्ड पार्किङ’ क्षेत्रको अनुगमनमा पुगेका छन् ।

घर तथा भवनको नक्सा पास गर्दा ’अन्डरग्राउन्ड पार्किङ’ को नक्सा पास गरे पनि ती क्षेत्रमा पसल सञ्चालित थिए ।