दैलेखमा चट्याङ लागेर १२ जना घाइते

दैलेख। दैलेखमा चट्याङ लागेर १२ जना घाइते भएका छन्। आइतवार दिउँसो चट्याङ लागेर डुंगेश्वर गाउँपालिका २ सेर्माकोटका १२ जना घाइते भएका हुन्।

स्थानीय रमेश सिंहको घरमा चट्याङ परेको वडा अध्यक्ष यामबहादुर विष्टले जानकारी दिए । उनका अनुसार सिंहको घरमा बढी क्षति भएको छ भने चट्याङ लागेर केही पशुचौपायाहरु मरेका छन्।

घाइतेहरुको उपचारका लागि दैलेख जिल्ला अस्पताल पठाइएको छ ।