सरकारले सन् ०३३ सम्मलाई नेपाल भ्रमण वर्ष घोषणा गर्ने

काठमाडौं । सरकारले सन् २०२३ देखि २०३३ सम्मलाई  नेपाल भ्रमण वर्ष घोषणा गर्ने भएको छ। आइतबार संस्कृति  पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक कार्यक्रम सञ्चालन गर्दै  सो कुराको जानकारी दिएको हो।

 जानकारी दिएको  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री  मन्त्री जीवनराम श्रेष्ठले  पर्यटन पुनरुत्थानका लागि  सरकारले दीर्घकालीन योजना सार्वजनकि गरेको बताए।

यस अघि एक वर्षलाई पर्यटन वर्ष अथात नेपाल भ्रमण वर्ष घोषणा गर्दै आउको थियो। त्यसो गर्दा महामारीले असर परेको बताएका थिए।  पर्यटन पुनरुत्थानका लागि ७३ बुँदा सार्वजनिक  गरिएको छ। तत्कालीन,मध्यकालीन, साथै दीर्घकालिन योजना सार्वजनिक गरेको मन्त्री श्रेष्ठले बताए।  आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ।

मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान समेत चलाउने भएको छ।