साफ महिला फुटबल च्याम्पियनसिपको सबै तयारी पुरा

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।

एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिता सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको र त्यस अन्तरगत प्रतियोगिता सञ्चालानार्थ आवश्यक उपसमितिहरु समेत गठन गरेर काम गरिएको जानकारी दिए ।

प्रतियोगिताका लागि ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट रहेको छ । जसमध्ये सहभागी टीमहरुको र म्याच अफिसियलहरुको खानपान र बसोबास खर्च साफले बेहोर्ने छ भने खेल मैदान तयारी र स्थानीय यातायात र अन्य खर्चहरु एन्फाले बेहोर्नेछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रको सहभागिता रहनेछ । सहभागी टीमहरुलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट प्रणालीमा खेल सञ्चालन हुने एन्फाले जनाएको छ