
सुर्खेत । नेपाली काँग्रेस सुर्खेतको संस्थापन इतरपक्ष शेखर कोइराला समूहले मनोनयन दर्ताकै दिन छुटै भेलाको आयोजना गरेको छ ।
काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको नेतृत्वमा भएको भेलाले संस्थापन पक्षले एकलौटी गर्न खोजेको भन्दै त्यसको खवरदारी गर्ने निष्कर्ष निकालेको छ ।
संस्थापन इतर पक्षलाई पेलेर जाने, बेवास्ता गर्ने प्रवृत्ति बढेको भन्दै यसले पाटी भित्रका इमान्दार नेता, कार्यकर्ता मर्कामा परेको समूहको निष्कर्ष छ ।
भेलाले पाटी नेतृत्वले एकलौटी ढंगले एउटा समूहलाई निषेधगरेर अगाडी बढ्नु कसैको लागी पनि फाईदा नहुने ठहर गरेको छ । भेलाले वीरेन्द्रनगर नगर कार्यसमितिको निर्णय विपरित नगर सभापति उपेन्द्र खड्काले एकलौटी रुपमा नाम सिफारिस गर्नु असक्षम र अपरिपक्क नेतृत्व सावित भएको निष्कर्ष निकालेको छ ।
जीवन नै पाटीमा लगाएकालाई पाखा लगाएर गुट, नातावाद, कृपावाद र आफन्तलाई पाटीले अगाडी बढाएको प्रति भेलाले आपत्ती जनाईएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै निर्वतमान सभापति रेग्मीले निर्वाचनमा काँग्रेसलाइ विजय गराउन लाग्न नेता तथा कार्यकर्तालाइ आग्रह गर्दै सवैलाई सम्मान व्यवाहर गर्न पाटी नेतृत्वलाई अपिल गरे ।
उनले आफ्नो नेतृत्वमा ९ पालिका रहेको सुर्खेतमा ६ पालिका जिताउन सफल भएको भन्दै आगामी निर्वाचनमा त्यो भन्दा बढि जिताउन पाटी नेतृत्वलाई आग्रह गरे । निर्वतमान सभापति रेग्मीले आफुहरु पाटीलाई जित हासिल गराउन तयार रहेको भन्दै नेतृत्वबाट अहिलेसम्म पनि आफुहरुसंग कुनैपनि वार्ता सम्वाद नभएको स्पष्ट पारे ।
यस्तै जिल्लामा रहेका वडातहदेखि पालिकासम्म आफुहरुलाई सम्मानजनक ४० प्रतिसत उम्मेद्वारी नहुँदासम्म आफुहरुले कुनैपनि पद नलिने समूहले निष्कर्ष निकालेको छ । यसअघि वीरेन्द्रनगर नगरपालिकामा मेयरमा सिफारिस भएका नेताहरु नारायण कोइराला र भुपेन्द्र केसीले उम्मेद्धवारी फिर्ता लिइसकेका छन् । दुवैले हरेक क्षेत्रमा सम्मानजन आफुहरुको उपस्थीत नभए कुनै ठाँउको पनि उम्मेद्धवार नबन्ने दोहोर्याएका छन् ।
दुवैजनाले यसअघि नै कांग्रेस क्षेत्रीय कार्यसमिति सुर्खेत क्षेत्र नं. २ लाइ निवेदन दिएर उम्मेद्वारी फिर्ता लिएको बताए । सुर्खेतका निर्वतमान सचिव भुपेन्द्र केसीले पार्टी नेतृत्वले संस्थापन इतर पक्षलाई पनि समेट्नुपर्नेमा त्यो गर्न नसकेको आरोप लगाए ।
पार्टीभित्र इतर पक्षलाई मिलाउनुको सट्टा सिद्धान्त नमिल्नेलाई साथमा लिन खोज्ने प्रवृत्तिले काँग्रेस कमजोर बनेको उनको भनाइ छ ।
यस्तै नेपाली काँग्रेसका युवानेता नारायण कोईरालाले पाटीमा योगदान दिएका र योग्य नेता कार्यकर्तालाई उपेक्षागर्दै एकपक्षलाई वाईपास गरेर दिएको एकल उमेद्धवारीको कुनै अर्थ नहुने बताए । पार्टीभित्र फरक मत भएपनि सहअस्तित्व र सम्मानको वातावरण बनाउनुपर्ने उनको भनाई छ ।
नेपाली काँग्रेस सुर्खेतका पूर्व टेकबहादुर भण्डारीले पार्टीको वर्तमान नेतृत्वले इतर पक्षलाई बेवास्ता गर्ने र भूमिका नदिएर एकपक्षयी गर्न खोजे त्यसको परिणाम राम्रो नआउने बताए ।

फरकबाटो ११ बैशाख २०७९, आईतवार १५:५३