लागु औषध सहित सुर्खेतमा एकजना पक्राउ

सुर्खेत । सुर्खेतमा लागुऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर १० नयाँगाउ सुर्खेतबाट महावै गाउँपालिका ३ कालिकोट घर भएका २४ वर्षीय दिपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

सिंहबाट ५ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

प्रहरीका अनुसार वीरेन्द्रनगर ९ बस्दै आएका सिंहलाई सादा पोशाकमा गएको कर्णाली प्रदेश प्रहरी कार्यालय तथा लागु औषध ब्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट गएको संयुक्त टोलीले संकास्पद अवस्थामा फेलापारी खानतलासी गर्दा लागु औषध फेला पारेको हो ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव निरिक्षक सुरज कार्कीले जानकारी दिए ।