सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । प्रमुखमा काँग्रेसका उपेन्द्र बहादुर खड्काले १३१ मत अन्तरले अग्रता लिएका छन् भने उपप्रमुखमा एमालेका निलकण्ठखनालले एक हजार ६४८ मतले अग्रता लिएका हुन् ।
प्रमुखमा काँग्रेसका खड्काले चार हजार ७०९ मत ल्याएर अग्रता लिएका छन् भने एमालेका मोहन माया ढकाल (भण्डारी) ले चार हजार ५७८ मत ल्याएर दोस्रो स्थानमा छन् । राप्रपाका मुकुन्दश्याम गिरीले एक हजार ९०३ मत ल्याएर तेस्रो स्थानमा छन् ।
यस्तै उपप्रमुखमा एमालेका निलकण्ठ खनालले पाँच हजार ३८९ मत ल्याएर अग्रता लिएका छन् । गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी शान्ति ढकालले तीन हजार ७४१ मत ल्याएर दोस्रो रहेकी छन ।
१६ वटा वडा रहेको वीरेन्द्रनगरमा अहिलेसम्म चार वटा वडाको मतगणना सकिँदा दुई/दुई वडामा एमाले र काँग्रेस विजयी भएका छन् । वडा नं १ मा काँग्रेसका दिनेश खत्री र वडा नं १५ मा काँग्रेसकै कृष्ण बहादुर थापा मगर विजयी भएका छन् ।
यस्तै वडा नं २ मा एमालेका गज बहादुर बुढा क्षेत्री र वडा नं १६ मा एमालेकै डण्ड बहादुर विश्वकर्मा विजयी भएका हुन् ।


फरकबाटो २ जेष्ठ २०७९, सोमबार ०८:४६