यस्तो छ खगेन्द्र ‘पानीफोटो’ को ट्रेलर

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशित फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

अनुप र मेनुका रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा अनुप बराल, मेनुका प्रधानको अलवा मलिका महत र खगेन्द्र स्वयं देखिएका छन् ।

खगेन्द्रकै कथा रहेको फिल्म नाटक ‘पानीफोटो’ माथि बनेको हो । नाटकको रुपमा यो मञ्चन भइसकेको छ । मञ्जुश्री प्रोडक्सनको निर्माण रहेको ‘पानीफोटो’ खगेन्द्रको निर्देशनमा डेब्यु फिल्म हो ।
१३ साउन प्रदर्शन मिति तोकिएको फिल्ममा अनुप, मेनुका, मलिका र खगेन्द्रको अलवा रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपालको अभिनय छ ।

कार्यक्रममा निर्देशक समेत रहेका कलाकार लामिछानेले सशस्त्र द्वन्द्वको कथा अहिले पनि कथा भन्नुपर्ने आवश्यक देखेर फिल्म बनाएको बताए ।