दुवै पक्षले क्षमायाचना गरेपछि मिरुना र फुर्पाबीच सहमति

काठमाण्डाै । ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगर र फुर्पा लामा तामाङबीच मिलापत्र भएको छ ।

गलत नियतले छोएको भन्दै नायिका मगरले फुर्पा तामाङलाई थप्पड हानेकाे र तामाङलाई प्रहरीले पक्राउ गरेको प्रकरणमा दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा फुर्पाले आफ्नो गल्ती स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

सिभिल मलमा कबड्डी ४ प्रदर्शन भइरहेका बेला दर्शकहरूलाई साथ दिन पुगेकी मिरुनाले फुर्पाले गलत नियतले छोएको आरोप लगाएकी थिएन् ।