भारतलाई इंग्ल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिज

काठमाडौं । घरेलु टोली इंग्ल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज भारतले एक खेल अगाबै जितेको छ । बिर्मिनघममा शनिबार राति भएको दोस्रो टी-ट्वान्टीमा इंग्ल्यान्डलाई ४९ रनले हराउँदै भारतले सिरिज एक खेल बाँकी रहदै २-० ले जितेको हो ।

यस अघि पहिलो टी-ट्वान्टीमा इंग्ल्यान्डलाई भारतले ५० रनले हराएको थियो । तेस्रो तथा अन्तिम टी-ट्वान्टी आइतबार हुनेछ । भारतले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १७ ओभरमा १ सय २१ रन जोड्दा अलआउट भयो।

इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ३५ रन जोड्दा डेविड विलिले अविजित ३३  रन बनाए । यस्तै डाविड मालनले १९ तथा लियाम लिभिङस्टोनले १५ रन बनाए ।

भारतका भुवनेश्वर कुमारले ३ तथा जस्प्रित बुमराह र युजभेन्द्र चाहलले २/२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन जोडेको थियो ।

भारतका लागि रविन्द्र जेडेजाले अविजित ४६ रन जोड्दा कप्तान रोहित शर्माले ३१ रन जोडे ।  ऋषव पन्त २६ तथा सूर्यकुमार यादवले १५ रन बनाए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ तथा रिचार्ड गिल्सनले ३ विकेट लिए ।