भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता आज सोमबारबाट भारतको भुवनेश्वरमा सुरु हुँदैछ।
![]()
कालिंगा स्टेडियममा हुने उद्घाटन खेलमा नेपालले आज माल्दिभ्सको सामना गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ४:१५ बजे सुरु हुनेछ ।
साफको फाइनल पुग्ने लक्ष्य लिएको नेपाल माल्दिभ्सलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । त्यसैले नेपाल पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोड्न चाहन्छ ।
च्याम्पियनसिप अन्तर्गत नै सोमबार हुने अर्को खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन् । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ ।
नेपालले माल्दिभ्सपछि श्रीलंकासँग बुधबार खेल्नेछ । त्यस्तै भारतसँग आगामी आइतबार र र अन्तिम खेल बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रबार प्रतिस्पर्धा गर्ने छन् ।

फरकबाटो ९ श्रावण २०७९, सोमबार ११:३३