सुर्खेत । बालविवाह विरुद्ध साझा अभियान सञ्जाल सुर्खेत गठन भएको छ । सञ्जालको संयोजक संस्था आवाजको समन्वयमा सुर्खेत जिल्लामा सञ्जाल गठन गरिएको हो ।
सामाजिक क्षेत्रमा काम गर्दै आएका विभिन्न दशवटा संस्था सञ्जालमा आवद्ध भएको बालविवाह विरुद्ध साझा अभियान सञ्जालका अभियान संयोजक चेतन गिरीले जानकारी दिए ।
आज गठन भएको सञ्जालको संयोजकमा मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपालका प्रतिनिधि सीता वली सञ्जालको संयोजकमा तोकिएकी हुन् ।
त्यस्तै सह–संयोजकमा मानवअधिकारका लागि महिला एकल महिला समुह सुर्खेतका ममता नगाल, सदस्यहरुमा अपा¨ महिला समाजका धनसरा शाही, नवज्योती केन्द्रका हिमा गिरी, वातावरण सुधार समाजका हिमाल राजी, सि.ए.सीका हिमाल गैरे, एस.डब्लु आर.आरका प्रिसीला गिरी,आशा सञ्जालका सम्झना सुनार, बालिका शसक्तिकरण समाजका मञ्जु मेदासी शाह र सुन्दर नेपाल संस्था समेत रहेका छन् ।
सञ्जालको संयोजक संस्था आवाज संस्थाकी निर्देशक पवित्रा शाहीले कर्णालीमा बढ्दो बालविवाह र बालविवाहका कारण निम्तिने समस्या समाधान र वकालतका लागि सञ्जाल गठन गरिएको जानकारी दिईन् । यसअघि प्रदेश स्तरिय सञ्जाल समेत गठन गरि सक्रिय रुपमा काम गरिरहेको उनले बताईन् ।
‘देशभरको तुलनामा कर्णालीमा सामाजिक क्षेत्रमा निति र बजेटको पछौटेपन छ ’ उनले भनिन् “सामाजिक क्षेत्रमा निति निर्माण गर्ने कुरामा सरकारलाई झकझकाउने काम सञ्जालले गर्नेछ ।”
कर्णाली प्रदेशमा पुर्वाधार क्षेत्रमा मात्रै निति कार्यक्रम र बजेट ल्याउने प्रबृत्ति अझै पनि उस्तै रहेको शाहीले सुनाईन् ।
फरकबाटो २० जेष्ठ २०७९, शुक्रबार १९:२२