रुसले अर्को महिना बेलारुसलाई महत्त्वपूर्ण मिसाइल प्रणाली दिनेछ : पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसले आगामी महिनाभित्र छोटो दूरीको आणविक हतियारयुक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएका छन् ।

उनका अनुसार ‘इस्कन्डर–एम’ प्रणालीले ब्यालेस्टिक र क्रुज मिसाइल दुवै प्रहार गर्न सक्छ । यो आणविक र गैरआणविक मिसाइल दुवै सक्षम छ । मिसाइल प्रणालीको दायरा ५०० किलोमिटरसम्म छ ।

२४ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेपछि रुस र पश्चिमबीच तनाव बढेको छ । बेलारुस पनि युक्रेनको छिमेकी राष्ट्र हो ।

पुटिनले त्यसयता धेरै पटक आणविक हतियारको उल्लेख गरिसकेका छन्, जुन सुरुमा पश्चिमी देशहरूविरुद्ध खतरा मानिएको थियो । सेन्ट पिटर्सबर्गमा पुटिनले रुसले बेलारुसलाई एसयू–२५ लडाकु विमानहरू विकास गर्न मद्दत गर्ने बताए ।