भारतले धानचामल निर्यातमा २० प्रतिशत भन्सार बढायो, कनिका निर्यातमा रोक

सुर्खेत। भारतले धान र चामलको निर्यातमा लाग्ने करको दर वृद्धि गरेको छ भने कनिकाको निर्यातमा रोक लगाएको छ । आर्थिक पत्रिका बुल्मबर्गकाअनुसार भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धानरचामलमा २० प्रतिशत कर वृद्धि र कनिका निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

भारतले बुधबार यस्तो निर्णय गरेको नेपाल नेपाल दाल चामल उद्योग संघले पनि जनाएको छ । भारतले धान चामलमा कर वृद्धि गरेको छ ।

कनिका निर्यातमा रोक लगाएको संघका एक अधिकारीले भने,’यो भनेको भनेको निर्यातमा रोक लगाउनु सरह हो । हामी पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिंदैछौं ।’

नेपालले वाषिर्क झण्डै ३० अर्ब हारहार मूल्यको धान चामल भारतबाट आयात गरिरेहको छ, जसमा कनिकाको हिस्सा १० अर्ब भन्दा माथि छ । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ भने कनिका निर्यातमा लगाइएको रोकले मदीरा उत्पादक उद्योग र दाना उत्पादनमा असर पर्नेछ ।
साभार अनलाइन खबर