सुर्खेत । जाजरकोटमा गाउँपालिका वडाध्यक्ष सुतेकै ठाउँमा मृत भेटिएका छन् । कुशे गाउँपालिका ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी झलक केसीले शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको जानकारी दिए ।
मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।


फरकबाटो ४ असार २०७९, शनिबार १४:००