पिपलबोटको २० औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइयो

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–४ भैरवस्थानमा मुख्य कार्यालय रहेको पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाको २०औं बार्षिक उत्सवको अवसरमा विविध कार्यक्रम गरेको छ ।

वीरेन्द्रनगर ४ मा रहेको साझा घर नेपालमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री तथा फलफुल बितरण गरेको छ । संस्थाले साझाघर नेपालको कार्यालयमा गई साझा घर नेपालमा रहेका ५४ जना अभिभावक बिहिन बालबालिकालाई शैक्षिक सामाग्री तथा फलफुल बितरण कार्यक्रममा सम्पन्न गरेको हो । संस्थाले हरेक बर्ष आफ्नो बार्षिक उत्सवको अवसर पारेर समुदायमा आधारित कार्यक्रम आयोजना गर्दै आईरहेको छ ।

त्यसैगरी संस्थाले स्थापना दिवसकै अवसर पारेर वीरेन्द्रनगर ४ का जनप्रतिनिधी, टोल विकास संस्थाका प्रतिनिधिलगायतको उपस्थितमा वीरेन्द्रनगरको रातोपुल हुदै कालुचोकसम्म सरसफाई कार्यक्रम गर्नुका साथै दिपावली कार्यक्रम गरेको छ । उद्घाटन कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेर बहादुर केसीलगायतको सहभागिता रहेको थियो ।  सरसफाई कार्यक्रमा बोल्दै संस्थाका कोषाध्यक्ष खेमराज रावतले अहिले आर्थिक क्षेत्रमा तरलता अभाव बढ्न सक्ने भएकोले संस्थाको कारोबारमा आबद्ध शेयर सदस्यहरुलाई बचत संकलनमा जोड दिन आग्रह समेत गरे ।

वीरेन्द्रनगर कार्यक्षेत्र बनाई वित्तीय कारोबार गर्दै आईरहेको सो संस्थाको हालसम्म आईपुग्दा शेयरपुँजी १ करोड ८४ लाख, बचत संकलन ११ करोड, ऋण लगानी १३ करोड ५० लाख,संस्थागत पुँजी १ करोड ४१ लाख र संस्थाको कुल वासलात १६ करोड ६५ लाख रहेको जानकारी दिए । संस्थामा हालसम्म दुई हजार ५५९ भन्दा बढी सदस्यहरु आबद्ध रहेका छन् ।