हाकिम होइन सेवक भएर काम गर्नुस् : अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न पालिकाका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

पार्टीको केन्द्रीय स्कुल विभागले आज बिहीवार काठमाण्डौमा आयोजना गरेको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले नागरिकसँग शालिन र विनम्र भएर, हाकिमजस्तो नभइ सेवकका रूपमा सेवा दिन आग्रह गरेका हुन् ।

‘चुनाव जितिसेकेपछि तपाईँहरू साझा मान्छे बन्नुभएको छ । अब तपाईँहरूका पाइला–पाइलामा जाँच हुन्छ । पार्टीका मार्गदर्शन र विचारका आधारमा जनतालाई सेवा गर्ने काममा कुनै कमजोरी नगर्नुहोला ।’ उनले भने ।