
सुर्खेत । कर्णाली प्रदेश सरकारलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले बुधबार गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने बताए ।
यसका लागि सरकारले ५२ करोड ४५ लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिए । प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गरिने र विशेषज्ञ सेवा उपलब्ध गराउन ५०० शैया बनाइने बताए ।

फरकबाटो १ असार २०७९, बुधबार १६:३८