
सुर्खेत । जिल्ला प्रहरी कार्यालयले लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–८ सुकुम्बासी टोल बस्ने १८ वर्षीय किशोर सहित ३ जनालाई सोही ठाउँबाट ६ सय ५० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको हो । उनीहरुबाट नगद ४ हजार ४ सय ८० रूपैयाँ पनि बरामत गरिएको छ ।
उनीहरुलाई शनिबार राति पक्राउ गरिएको हो । उनीहरुलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरकबाटो १४ कार्तिक २०७८, आईतवार १५:१०