कुवेतसँग नेपाल पराजित

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार  दोस्रो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए ।

May be an image of 2 people, people playing sports and text that says '20 R: HBR: HBR:'

खेलको २८ औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए। ४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा नेपालका नवयुग श्रेष्ठको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४-० ले अघि रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरेपनि नेपाल ४-१ ले पराजित हुन पुग्यो । नेपालले ४० वर्षपछि कुवेतविरुद्ध गोल गरेको हो  ।

कुवेतविरुद्ध नेपाल १-० ले पछाडी 

यस हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । यस हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।

कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।