भारतमा खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य बढ्यो

भारत सरकारले खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य बढाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको आर्थिक मामिलासम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकले खाद्यान्न बालीको लागि न्यूनतम समर्थन मूल्य वृद्धिको घोषणा गरेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

सरकारले २०२२–२३ का लागि १७ वटा बालीको न्यूनतम मूल्य बढाएको छ । ती बालीहरुमा यस अघि सन् २०१८–१९ को तोकिएको मूल्य अन्तर्गत औसत लागत मूल्यको कम्तीमा ५० प्रतिशत मूल्य बढेको छ । तेलहन, दलहन र खस्रो अन्नको मूल्य धेरै बढेको छ ।

भारतीय सूचना तथा प्रसारण मन्त्री अनुराग ठाकुरले किसानलाई पारिश्रमिक सुनिश्चित गर्न र बाली विविधीकरणलाई प्रोत्साहन गर्न बालीको समर्थन मूल्य बढाएको बताए ।