एसियन गेम्सको तयारी आजबाट

काठमाडौं । चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) का लागि खेलाडीको बन्द प्रशिक्षण आज मंगलबारबाट सुरु हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एसियन गेम्समा सहभागी हुने विभिन्न खेलको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुने जनाएको छ ।

राखेपले २३ खेलका खेलाडीको प्रशिक्षण सुरु गरिने जनाएको छ ।

हाइ पर्फमेन्स कमिटीले गरेको सिफारिसको आधारमा राखेपले खेलाडीलाई प्रशिक्षणमा राख्न लागेको हो ।

एसियन गेम्स भने स्थगित भईसकेको छ । प्रतियोगिताको नयाँ मिति घोषणा भएको छैन । तर, कमिटीले प्रतियोगिताका लागि तयारीलाई अघि बढाउन राखेप समक्ष प्रस्ताव गरेको हो ।

एसियन गेम्समा नेपालले २३ खेलमा सहभागिता जनाउने छ ।

नेपालले एसियन गेम्समा तेक्वान्दो, कराँते, बक्सिङ, एथलेटिक्स, साईक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, महिला भलिबल, पुरुष भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसमा सहभागीता जनाउने छ ।