गाडीमा आगजनी भएको घटनाप्रति एमालेको आपत्ति

सुर्खेत । निर्वाचन प्रयोजनका लागि पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको घटनाप्रति नेकपा ‐एमाले) सुर्खेतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेले शनिवार एक विज्ञप्ती जारी गर्दै घटनाको भत्सना गरेको हो । घटनामा संलग्नको पहिचान गरेर तत्काल कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनलाई एमालेले ध्यानाकर्षण गराएको छ ।
‘निर्वाचन नजिकिँदै गर्दा जिल्लाभर विभिन्न स्थानमा निर्वाचनलाई प्रभावित पार्न भइरहेका अपराधिक गतिविधिहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष अमृतबहादुर बिसीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यस्ता अवाञ्छनीय गतिविधि रोक्न र शान्ति सुरक्षा कायम गरी जनताको जिउधनको सुरक्षा गर्न स्थानीय प्रशासनसँग अपिल गर्दछौँ ।’

एमालेले वीरेन्द्रनगर–११ का आफ्नो वडा अध्यक्षका उम्मेदवारले निर्वाचन प्रयोजनका लागि प्रयोग गर्दै आएको कर्णाली प्रदेश ०२१ ख ००६१ नम्बरको गाडी पार्किङ गरेको अवस्थामा अज्ञात समूहले आगजनी गरेको जनाएको छ ।