कांग्रेसका १२ नेताले भने–पार्टी न्यायालय शुद्धीकरणको पक्षमा उभिनुपर्छ

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका एक दर्जन नेताले अहिले न्यायप्रणालीमाथि देखिएको समस्याको हल खोज्न पार्टीले जिम्मेवारपूर्वक अविलम्ब अग्रसरता लिनुपर्ने बताएका छन् ।

शुक्रबार सयुक्त प्रेश विज्ञप्ति जारी गर्दै कांग्रेसका केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगनथापा लगायत १२ जना नेताले न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको बिरोधलाई सामान्य रुपमा लिन नमिल्ने भन्दै उनीहरुले यस्तो अवस्थामा कांग्रेस मौन बस्न नहुने बताएका हुन् ।

उनीहरुले अहिलेको अवस्थामा कांग्रेसले स्पष्ट दृष्टिकोणका साथ न्यायालय शुद्धीकरणको लागि भइरहेको लडाइँको पक्षमा उभिनु पर्नेमा जोड दिएका छन् ।