दैलेखमा बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको मृत्यु र ८ जना घाइते

सुर्खेत । दैलेखमा बस दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बुधबार राती मुगुबाट नेपालगञ्ज जाँदै गरेको म ख ६६० नम्बरको बस दैलेखको आठबिस नगरपालिका सिस्नेमा दुर्घटना भएको हो ।

प्रारम्भिक विवरणका अनुसार दुर्घटनामा परी कम्तिमा चार जनाको मृत्यु भएको र आठ जना घाइते भएका कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद शाहले जानकारी दिए । अहिले घटनास्थलमा उद्दारको कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको बताए ।