च्याम्पियन्स लिगको फाइनलमा प्रयोग हुने बल सार्वजनिक

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रयोग हुने बल सार्वजनिक भएको छ । एडिडास कम्पनिले मंगलबार च्याम्पियन्स लिगमा प्रयोग हुने बल सार्वजनिक गरेको हो ।

बलको नाम ‘पिस’ राखिएको छ । च्याम्पियन्स लिगको फाइनल खेल मे २८ मा पेरिसमा हुनेछ । फाइनलमा रियल मड्रिड र लिभरपुलबीच प्रतिस्पर्धा हुनेछ ।