नेपालका पाँच युवा क्रिकेटरले भारतमा ट्रेनिङ गर्ने

काठमाडौं । नेपालका पाँच युवा क्रिकेटरले भारतमा क्रिकेट ट्रेनिङ गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली पाँच युवा खेलाडीले भारतको बैंग्लोरमा ट्रेनिङ गर्न लागेका हुन् ।

ट्रेनिङ गर्न जानेहरुमा लोकेश बहादुर बम, गुल्सन कुमार झा, कुशल मल्ल, देव खनाल र आदिल आमल रहेका छन् । युवा खेलाडीहरुले जस्ट क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछन् ।

खेलाडी विकास कार्यक्रम अन्तर्गत उनीहरुले दुई हप्ता उच्च प्रदर्शन क्याम्पमा रहनेछन् । उनीहरु शुक्रबार राती नै भारत प्रस्थान गर्नेछन् ।