वीरेन्द्रनगरका जनप्रतिनिधिले सपथ लिए

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । मंगलबार एक समारोहकाबिच नगर उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुले सपथ लिएका हुन् ।

नगर प्रमुख मोहन माया ढकाल (भण्डारी)ले नगर उप प्रमुख निलकण्ठ खनाल, वडा अध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख, उपप्रमुख र नगरपालिका १६ वटा वडाका वडा अध्यक्ष, सदस्यहरु गरेर ८३ जना निर्वाचित भएका थिए । पद तथा गोपनियताको सपथ लिएसँगै नव निर्वाचित जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेका छन् ।