‘लाइगर’ मा अनन्याको अभिनयको बनाइदैछ ट्रोल

काठमाडौं । विजय देवरकोंडाको नयाँ चलचित्र ‘लाइगर’ दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । चलचित्र अपेक्षा गरे अनुसार आम्दानी गर्न सकिरहेको छैन । तैपनि पछिल्ला समय रिलिज भएका हिन्दी चलचित्रभन्दा राम्रो नै कमाई गरिरहेको छ ।

दर्शकहरूले विजयको अभिनयको प्रशंसा गरिरहेका छन् भने त्यहीँ अनन्या पाण्डेको अभिनयको भने आलोचना गरिरहेका छन् । सामाजिक सञ्जालमा उनको अभिनयलाई ट्रोल गरिँदैछ भने कतिपयले उनी हिरोइन बन्न लायक नै नरहेको र उनलाई अब हिरोइनको रूपमा कास्ट नै गर्न नहुने बताइरहेका छन् ।